२८औं महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त

रिपोर्ट नेपाल | 2020 Jul 07 | 07:25 pm 2939

काठमाडौं, असार २३ः नेपाल प्रहरीको महानिरीक्षक आइजीमा सरकारले  शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक आइजीमा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यो नियुक्तिसंगै हाल नेपाल प्रहरीको मानव स्रोत एवं प्रशासन विभाग प्रमुख रहेका थापा नेपाल प्रहरीको २८औं महानिरीक्षक (आईजी) बनेका हुन् ।

२०४९ सालमा प्रहरी निरीक्षकको रुपमा सेवा प्रवेश गरेका थापाले एकै ब्याचका अर्का प्रतिष्पर्धी एआईजी हरिवहादुर पाललाई उछिन्दै महानिरीक्षक बन्न सफल भएका हुन ।

प्रहरी नायव उपरीक्षकबाट अतिरिक्त प्रहरी महानिरीक्षक बढुवा हुँदा कार्यसम्पादन मूल्याङ्कनका आधारमा १ नम्बरमा रहेका थापालाई वरिष्ठताकै आधारमा प्रहरी महानिरीक्षकमा बढुवा गरिएको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको हो ।

वर्तमान आईजीपी ठाकुर ज्ञवाली ३० वर्षे सेवा अवधिका कारण भोलि बुधबारबाट अनिवार्य अवकास हुने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.