२२ लाखको चेक बाउन्स गराई फरार खड्का पक्राउ

रिपोर्ट नेपाल | 2019 Jun 19 | 05:04 pm 1825

काठमाडौं, असार ४ : बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार रहेका काठमाडौंको तारकेश्वर नगरपालिका– ९ बस्ने कुमार खड्कालाई केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) ले सुकेधाराबाट पक्राउ गरेको हो ।

खड्काले प्रमोद जैसवालसाँग आर्थिक व्यवहार मिलाउन भनि २३ लाख ऋण लिएको तर, तिर्ने बेलामा नेपाल एसबीआई बैंकको ब्यालेन्स नभएको चेक काट्दा चेक बाउन्स भएको थियो । त्यसपछि जैसवाल अदालत गएकोमा उच्च अदालत पाटनको ०७६ वैशाख १६ गते उनलाई एक महिना कैद र २३ लाख जरिवाना ठहर गरेको थियो ।

प्रहरीका अनुसार खड्काले ०७४ कात्तिक ११ मा जैसवालको नाममा चेक जारी गरेकोमा भुक्तानी हुन नसकी बाउन्स भएको थियो । खड्कालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरी अदालतको आदेशपछि कैद भुक्तानको लागि कारागार पठाइएको छ जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.