२१ सय ग्यास सिलिन्डर नष्ट

रिपोर्ट नेपाल | 2021 Jan 14 | 08:34 am 3261

बुटवल, माघ १ः व्यापक जनगुनासो आयसँगै त्रिशूल ग्यास प्रालिले गुणस्तरहिन पुरानो सिलिण्डर नष्ट गर्न शुरु गरेको छ । गुणस्तरहिन पुरानो सिलिन्डर नष्ट भएसगै अब उपभोक्ताले मूल्य अनुसारको तौलको सिलिन्डर पाउने भएका छन् ।

यस्तै अन्य कम्पनीका पनि गुणस्तरहिन पुरानो सिलिन्डर नष्ट गर्नुपर्ने देखिएको छ। एभरेष्ट ग्यास समूहअन्तर्गतका उद्योगमा म्याद नाघेको, प्वाल परेको, हाइड्रो टेष्टमा फेल भएका र बिग्रिएका गुणस्तरहिन सिलिन्डरहरु नष्ट गर्न शुरू गरिएको त्रिशूल ग्यास प्रालिका व्यवस्थापक देवीप्रसाद भुसालले बताए ।सात प्रदेशमा रहेका सातवटै कम्पनीमध्ये पुस महिनाभित्र प्रिमा ग्यास उद्योगले ६९० थान, सुगम ग्यास उद्योग खानीखोला धादिङले ४०५ थान, एभरेष्ट ग्यास उद्योग काठमाडौंले ६९० थान र त्रिशूल ग्यास प्रालि रुपन्देहीले ३६३ थान गरी प्रथम चरणमा २ हजार १ सय ३३ थान सिलिण्डर नष्ट गरिने भुसालले जानकारी दिए ।

भुसालका अनुसार करिब ४९ लाख रुपियाँ बराबरको सिलिन्डर नष्ट गरिनेछ । एभरेष्ट ग्यास समूहद्वारा प्रर्वधित सातवटा प्रदेशमा रहेका उद्योगका ग्यास सिलिन्डर अत्याधिक पुराना तथा बिग्रिएका, चुहिने, प्वाल परेका सिलिन्डरहरु गुणस्तर तथा नापतौल विभाग कार्यालय बुटवलका सञ्जय यादव, मोहनप्रसाद पाण्डे, रमेशप्रसाद पाण्डे, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाका टेकराज पन्थी, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका बालकृष्ण आचार्य, ग्यास विक्रेता, प्रहरी तथा सञ्चारकर्मीको रोहबरमा नष्टको कार्य शुरुवात गरिएको उद्योगका बजार प्रबन्धक उत्तम कार्कीले बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.