१७ वर्षपछि बजार अनुगमन

| 2018 Oct 02 | 06:06 pm 3869

नवलपरासी, १६ असोज : पश्चिम नवलपरासीको सदरमुकाम परासीबजारसँगै जोडिएको पोखरापाली र मन्झरिया चोकमा १७ वर्षपछि बजार अनुगमन भएको छ । रामग्राम नगरपालिका– ६ र १० मा पर्ने ती बजारमा यति लामो समयपछि अनुगमन गरिएको हो । यसअघिका अनुगमन शहर बजार केन्द्रीत हुँदा सो स्थानमा अनुगमन नै नभएको स्थानीय व्यवसायीले बताएका थिए ।

संयुक्त बजार अनुगमन समितिले आज आकस्मिक रुपमा गरेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा अखाद्य पदार्थ फेला पारी त्यसलार्य जफत गरिएको छ । दर्ता बिनानै केहि पसल सञ्चालनमा रहेको देखिएकाले त्यसलाई पहिलो पटकका लागि दर्ता गर्ने शर्तमा छोडिएको बताइएको छ ।

बजार अनुगमन निरीक्षक एवं घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेलले किराना तथा कोल्ड ड्रिङक्स् पाँचवटा, रेष्टुरेन्ट तथा मिष्ठान भण्डार तीन, मासु र टेलरिङ पसल एक÷एक वटामा अनुगमन गरिएको जानकारी दिए ।

अनुगमनका क्रममा म्याद नाघेको अवस्थामा बिक्रीका लागि राखिएको ९० लिटर कोल्ड ड्रिङक्स् र रेडबुल चारबट्टा जफत गरी तत्कालै नष्ट गरिएको छ, भने लेभल नभएका छोकडा २० केजी, नरिवल साढे १२ केजी, टिमुर पाँच केजी, समोसा पाउरोटी पाँच प्याकेट, किसमिस दुई सय ग्राम तथा अखाद्य भारतीय चक्र र जय भारत ब्राण्डको तेल आठ लिटर, जुस फ्रुट एक लिटर, चनाको बेसन १ केजी, नमकिन २ केजी पनि जफत गरी नष्ट गरिएको उनले बताए  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.