झापा, साउन १ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका-६ बुट्टाबारी बस्ने १४/१४ वर्षीय २ जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित चिया बगानमा बोलाई ती किशोरीलाई दुवै जनाले पालै पालो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएकाे छ ।