१५ वर्षाीया किशाेरीले खेतमा जिउँदै गाडेको नवजात शिशुको उद्धार कुकुरले गर्‍यो

रिपोर्ट नेपाल | 2019 May 18 | 01:13 pm 1319

एजेन्सी, जेठ ४ : उत्तर थाईल्यान्डमा एउटा कुकुरले जिउँदै गाडिएको एउटा नवजात शिशुको उद्धार गरेको छ । पिङ पोङ नाम गरेको कुकुरले थाइल्याण्डको पान नोङ खाम गाउँमा नवजात शिशुको उद्दार गरेको बीबीसीले जनाएको छ ।

बीबीसीको अनुसार सो कुकुरले भुक्दै र भुइँ खन्दै गरेको उसको मालिकले देखेका थिए । कुकुरले भइँ खने पछि बच्चाको खुट्टा भुइँबाट बाहिर निस्किएको कुकरको मालिकले देखोका थिए । प्रहरीको अनुसार पन्ध्र वर्षीया एक स्थानीय किशोरीले बच्चा जन्माएर खेतमा गाडेका थिए ।

स्थानीय बासिन्दाहरूले त्यो नवजात शिशुलाई अस्पताल लगे। त्यहाँ चिकित्सकहरूले सफा गरिदिएर सो शिशुको स्वास्थ्य राम्रो रहेको बताइएको छ।

बच्चा जन्माएर त्यसरी फाल्ने किशोरीलाई बच्चा परित्याग र ज्यान मार्ने प्रयास गरेको अभियोग लगाइएको छ। एक स्थानीय प्रहरी अधिकारीका अनुसार ती किशोरी अहिले उनका अभिभावक र मनोवैज्ञानको संरक्षणमा छिन्। ती किशोरीका आमाबुवाले त्यो बच्चाको अभिभावकत्व स्वीकार गरेका छन्।

पिङ पोङका मालिक उसा निसाइखाका अनुसार सो कुकुरलाई एउटा गाडीले हानेपछि उसको एउटा खुट्टा काम नलाग्ने भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.