१४ वर्षे छोराले कुट्दा बुबाको मृत्यु

रिपोर्ट नेपाल | 2019 Apr 28 | 04:29 pm 1907

धनकुटा,  वैशाख १५ : धनकुटाको सहिद भूमि गाउँपालिका, ४ मा छोराले बुबाको हत्या गरेका छन् । १४ वर्षीय छोरा विज्ञान राईले गएराति कोदालोले हानेर ४७ वर्षीय बुबा इन्द्रकुमारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताए ।

घरायसी विवादका क्रममा बुबाले सामान्य गाली गर्दा छोराले आवेगमा बुबाको टाउकोमा कोदालोले प्रहार गरेका थिए । छोराको कुटाइबाट बुबाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

घटनापश्चात मृतकको लासलाई पोष्टमार्टमको लागि धनकुटा अस्पतालमामा ल्याइएको छ । छोरालाई प्रहरीले घरबाट पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको एसपी गुरुङले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.