१३ सय वर्ष कैद र ८७ लाख जरिवाना भुक्तान होला त ?

| 2019 Feb 21 | 01:38 pm 2387

स्याङजा, फागुन ९: विभिन्‍न अपराधिक घटनामा संलग्‍न भई अभियोग लागेकाहरुबाट एक हजार ३ सय वर्ष कैद र ८७ लाखभन्दा बढी जरिवाना भुक्तान गर्न जिल्ला अदालत स्याङ्जामा बाँकी रहेको छ ।

२००७ देखि २०७५ माघ मसान्तसम्ममा जिल्ला अदालतले विभिन्‍न समयमा गरेको फैसलाबमोजिम उक्त कैद र जरिवाना असुल गर्न बाँकी रहेको स्याङ्जा जिल्ला अदालतका श्रेष्तेदार नन्दप्रसाद आचार्यले जानकारी दिए ।

श्रेष्तेदार आचार्यका अनुसार अदालतबाट कैद तथा जरिवानाको सजाय तोकिएसँगै फरार रहेकालाई सजाय भुक्तानका लागि जिल्लाका सबै पालिका, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, मालपोत, नापीलगायतका कार्यालयमा कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकालाई पक्राउ लगत विवरणसहित सम्बन्धित निकायमा पत्राचार गरिसकेको बताए ।

कैद तथा जरिवाना तोकेका व्यक्तिहरुबाट जरिवाना उठाई दाखिला गरेमा उठाएको रकमको २५ प्रतिशत प्रोत्साहन रकम र कैद लागेको व्यक्तिलाई अदालतसमक्ष दाखिला गरेमा प्रति महीना १ सय ५० का दरले प्रोत्साहनबापत रकम भुक्तानी गर्ने व्यवस्था रहेको श्रेष्तेदार आचार्यले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.