१३ यात्रुसहित भारतीय वायुसेनाको विमान सम्पर्कविहीन 

रिपोर्ट नेपाल | 2019 Jun 03 | 05:30 pm 2157

नयाँदिल्ली, जेठ २० : भारतीय वायुसेनाको विमान सोमबार दिउसोदेखि सम्पर्कविहीन भएको छ । ८ जना ‘क्रु मेम्बर’सहित १३ जना चढेकाे एएन ३२ विमान दिउसो स्थानीय समयअनुसार १ बजेदेखि सम्पर्कमा नआएको बताइएको छ ।

आसामबाट अरुणाञ्चलका लागि उडेको उक्त विमान चीनको सीमाक्षेत्रमा हराएको हुनसक्ने आशंका गरिएको छ । अहिले उक्त विमान खोजीका लागि अन्य आठवटा विमान खटाइएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.