१३ टन कोदो गोदाममा राखेर २२ लाखको चामल राहतमा

रिपोर्ट नेपाल | 2020 Jul 22 | 10:44 am 2088

  • तिलाचन पाण्डे

गुल्मी, साउन ७ः जिल्लाको इश्मा गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन भएको १३ टन कोदोलाई गोदाममा थन्क्याएर २२ लाख ४५ हजारको चामल खरिद गीि राहत बितरण गरेको खुलेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण दैनिक काम गरी साँझ बिहान खाने मजदुरहरुलाई समस्या परेको भन्दै राहत स्वरुप गाउँपालिकाले खाद्यन्न बितरण गरेको थियो ।

गाउँपालिकाले पालिका भित्रका अति बिपन्न एक हजार २ सय ४६ घर परिवारलाई बजारका चामल खरिद गीि राहतको नाममा बितरण गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले आफूले राहतमा चामल भन्दा स्थानीय उत्पादन कोदो बितरण गरौँ भन्दा कार्यपालिकाको बैठकमा आफू अल्पमतमा परेको बताएका थिए ।

गाउँपालिकाले स्थानीय इस्मा कृषि तथा पशु महिला सहकारी संस्था र भविष्य निर्माण साना किसान कृषि सहकारी संस्था लिमिटेड मार्फत कोदो खरिद तथा बजारीकरणको काम गरेको छ । अहिले त्यी सहकारीको गोदाममा १३ टन कोदो प्रशोधन गरी गाउँपालिकाको लोगो लगाई प्याकिङ सहित यसै थन्किएर बसेको छ ।

पहिले गाउँपालिकाले इश्माको कोदोले बजार नपाएको भन्दै हल्ला समेत मच्चाए अहिले आफूसँग भएको कोदो गोदाममा थन्क्याएर बजारको चामल खरिद गरी बितरण गरेको हो ।

कोदो उत्पादन गर्ने किसानहरुलाई प्रति केजी ५० रुपैयाँका दरले सहकारी मार्फत गाउँपालिकाले लिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.