काठमाण्डौं, १२ असार : नारायणगढ मुग्लिन खण्ड सडक १२ घण्टापछि खुलेको छ । पहिरोका कारण अबरुद्ध भएको पृथ्वी राजमार्ग अर्न्तगत नारायणगढ-मुग्लिन सडक खण्ड १२ घण्टापछि खुलेको हो ।
सोमबार बिहान ४ बजे कालिखोला र तिनकीलोको बीचमा पर्ने तपखोलामा गएको पहिरो बेलुका ४ बजे हटाएपछि सडक खुलेको हो । पहिरोका कारण सडक अबरुद्ध हुदाँ पाँचहजार भन्दाबढी यात्रु अलपत्र परेका प्रहरीले जनाएको छ ।
बिहानीको समयमा पहिरो गएको कारण ठुलो मानविय क्षति हुन नपाएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ। पहिरो हटाउन १ स्काईभेटर तथा ३ लोडर प्रयोग गरिएका थियो ।