१ सय जना सवार विमान लमाटी शहरमा दुर्घटना

रिपोर्ट नेपाल | 2019 Dec 27 | 10:42 am 2459

एजेन्सीः काजकस्तानका अलमाटी शहर नजिकै एक सय जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।

स्थानीय समयअनुसार शुक्रबार बिहान सो दुर्घटना भएको हो । सो विमानमा ९५ यात्री र चालक दलका ५ सदस्य गरी १ सय जना सवार रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाए ।

कम्तीमा सात जनाको ज्यान गएको पुष्टि गरिएको छ । तर कोही जिउँदो भेटिएको वा नभेटिएको भन्ने प्रस्ट छैन ।

देशको सबैभन्दा ठूलो सहर अल्माटीबाट राजधानी नुरसुल्तानका लागि उडेको सो विमान कङ्क्रिटको एउटा संरचनामा ठोकिएपछि एउटा दुईतले भवनमा जोतिएको बताइएको छ ।

बेक एयरलाइन्सको सो विमान अलमाटी विमानस्थलबाट उड्ने वित्तिकै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनापछि विमानमा आगोको लागेको छैन र आपतकालीन सेवाका कर्मचारीहरूलाई दुर्घटनास्थलमा पठाइएको जनाइएको छ ।

दुर्घटनाग्रस्त विमानमा केहीका जिवितै उद्दार गरिएको बताइएको छ । सो विमान अलमाटीबाट नुर सुल्तानतर्फ जाँदै गरेको बताइएको छ । थप विवरण आउन बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.