होलीलाई मर्यादित बनाउन बानेश्वर प्रहरीको आग्रह

रिपोर्ट नेपाल | 2019 Mar 18 | 02:14 pm 4965

काठमाडौं, चैत्र ४ : रंगको पर्व होलीलाई मर्यादित बनाउनका लागि बानेश्वर प्रहरीले सचेतना जुलुस गरेको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार होली पर्व इच्छा विपरित नखेल्न आग्रह गर्दै सचेतना जुलुस गरिएको हो।

जुलुसमा सन्देशमुलक सूचना प्रसारण माइकिङ गरिएको थियो । सोमबार भिमसेनगोला वडा कार्यालयबाट शुरु भएको जुलुसले कात्तेनी, मिलनचोक, आलोकनगर शंखमुललगायतका ठाउँमा परिक्रमा गरेको थियो ।

जथाभावी लोला हान्ने, इच्छा विपरित रंग नदल्न र मादक पदार्थ सेवनगरी यातायात नचलाउन आग्रह गर्दै जुलुसले शहरका विभिन्न स्थानमा परिक्रममा गरेको थियो ।

प्रदेश सभाषद राजेन्द्र गुरुङ, ३१ नम्बरका वडाध्यक्ष नारायण भण्डारी, सामुदायिक पदाधिकारी, टोल सुधार समिति, महिला संजाल, शिक्षक र विद्यार्थीको सहभागिता रहेको थियो ।

डिएसपी काफ्लेका अनुसार बाँकी रहेका काडाँघारी कोटेश्वर वडा नम्बर १०, ३१, र ३२ मा पनि सचेतना जुलुस गर्ने कार्यक्रम रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.