हेलिकोप्टरमार्फत ओली आज संखुवासभा जाँदै

रिपोर्ट नेपाल | 2022 Jan 10 | 08:20 am 1769

काठमाडौं, पुस २६ः सोमबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संखुवासभा जाँदै छन् । एमाले जिल्ला अधिवेशनलाई उद्घाटन गर्न अध्यक्ष ओली संखुवासभा जान लागेका हुन् ।

आजबाट एमाले संखुवासभाको अधिवेशन खाँदबारी बजारको टुडिखेलमा हुँदै छ । त्यसकाे लागि ओलीसहितका नेताहरू दुईवटा हेलिकोप्टरमार्फत संखुवासभा  जान लागेका हुन् । एमाले संखुवासभाको अनुसार अध्यक्ष ओलीसहितका नेता हेलिकोप्टरमार्फत जिल्ला प्रहरी कार्यालयको हेलिप्याडमा ओर्लने छन् ।

अधिवेशनमा २५ हजार बढी जनसहभागी हुने आयोजकको दावी छ । ओली आजै काठमाडौं फर्कने कार्यतालिका रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.