हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका चार जनाको पशुपति आर्यघाटमा दाहसंस्कार

रिपोर्ट नेपाल | 2019 Mar 01 | 03:03 pm 2181

काठमाडौँ, फागुन १७ : ताप्लेजुङको फुङलिङस्थित तारेभिरमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका चार जनाको आज (शुक्रबार)  आआफ्नै विधि, परम्परा र संस्कृति अनुसार  पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

दुर्घटनामा परी निधन भएका मध्ये नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको आज आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

दुर्घटनामा निधन भएका मन्त्री अधिकारीको शव भने अन्तिम संस्कारका लागि गृहजिल्ला कास्की लगिएको छ । त्यस्तै यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको भने भोली (आइतबार) बौद्ध विधिअनुसार टेकु घाटमा अन्त्यष्टि गरिने परिवारले जानकारी दिएको छ ।

दर्घटनामा निघन भएका सातै जनाको शव काठमाडौँको टुँडिखेलमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । श्रद्धाञ्जलि दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुक, विभिन्न दलका नेता उच्च पदस्थ सरकारी अधिकारी सहभागी भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.