काठमाडौं, मंसिर १६ : मिस वर्ल्डकी प्रतिस्पर्धी मिस नेपाल शृङ्खला खतिवडा हेड टु हेड च्यालेन्जमा सिंगापुरे सुन्दरीसित पराजित भइन्।
दोस्रो राउन्डमा गएका २० जनालाई एकआपसमा हेड टु हेड च्यालेन्जमा भिडाइयो। नेपालको सामना भएको थियो सिङ्गापुरकी सुन्दरीसित। तीन जना पूर्व मिस वर्ल्डहरुले दुई जनाको स्पिच सुनेर जित हारको टुङ्गो लगाएका थिए। तीनै जनाले नेपालको साटो सिङ्गापुरलाई चुने। फलस्वरुप मिस नेपाल हैन मिस सिङ्गापुर मिस वर्ल्डको टप ३० मा पुगिन्।
श्रृंखलाको मिसवर्ल्ड यात्रामा पूर्णविराम भने लागि सकेको छैन। तर यसअघि गरिएको भोटङको छनोट अर्थात् हेड टु हेड च्यालेन्ज सकियो। त्यसबाट मिस नेपाल टप ३० मा पुग्न सकिनन्।
अझै टप ३० मा पुग्ने सम्भावना छ। तर यसमा भोट काम लाग्दैन। अब जजहरुले छान्ने छन् कुन सुन्दरीलाई टप ३० मा लाने भनेर। अरु इभेन्टहरु पनि नेपालले जित्न सकेको छैन। अब घोषणा हुन बाँकी ब्युटी विद् अ पर्पोज जित्न सके पनि नेपाल टप ३० मा पुग्न सक्छ।
टप ३० बाट टप १२ मा छानिन्छन्। त्यसपछि टप ५ छानिन्छन्। टप ५ मा परेका मध्ये दुई जना बाहिरिनेछन्। बाँकी तीन जनामा एक जनाले मिस वर्ल्ड उपाधि, अर्कोले फर्स्ट रनर अप र अर्कोले सेकेन्ड रनर अप उपाधि जित्छिन्। यो चाहिँ ८ डिसेम्बरका दिन चीनमा हुनेछ।