हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

| 2021 Dec 18 | 03:24 pm 1457

मकवानपुर, पुस ३ः मकवानपुरको हेटौंडामा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१५  का सोही ट्याक्टरमा ज्यामीको काम गर्ने शक्ति वाइबा रहेका छन् ।

हेटौंडा उपमहानगरपालिका–८ को फारलाइनलना गएराति ना७त १२९५ नम्वरको ट्याक्टर दुर्घटना हुँदा वाइबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार दुर्घटनामा परेर सख्त घाइते उनको हेटौँडा अस्पतलमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्याक्टर चालक हेटौंडा–८ कमाने बस्ने २८ वर्षीय अजित ढकाललाई नियन्त्रणमा लिई घटनाको विषयमा अनुसन्धान सुरु गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.