हेटौँडाका एक युवा व्यवसायी जङ्गलमा मृतावस्थामा फेला

रिपोर्ट नेपाल | 2020 Jun 24 | 10:18 am 1852

मकवानपुर, असार १०ः बुधबार बिहान हेटौँडाका एक युवा व्यवसायी जङ्गलमा मृतावस्थामा फेला परेका छन् ।

फेला पर्नेमा हेटौँडा–५ सानोपोखराका ३० वर्षीय पविनमान श्रेष्ठ रहेका छन् । उनको शव हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडाको जङ्गलमा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राप्तीपुलबाट भैरवडाँडा जाने बाटोको जङ्गलमा मृत भेटिएका हुन् । श्रेष्ठको शव नजिक किटनाशक औषधिसमेत फेला परेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि हेटौँडा अस्पतालमा लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक श्रेष्ठ जग्गासम्बन्धी कारोवार गर्ने व्यक्ति भएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.