हृदयघातका कारण डोटीमा वडाध्यक्षको निधन

रिपोर्ट नेपाल | 2022 Dec 01 | 08:10 am 1217

डोटी, मंसिर १५ः डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो ।

बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढलेका पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिए । उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो ।

उनको हृदयघातकै कारण निधन भएको जिल्ला अस्पतालका डा. सोहन शाहले बताए ।
जोशी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.