हुरी प्रभावित क्षेत्रमा सामूहिक ‘मेस’

रिपोर्ट नेपाल | 2019 Apr 02 | 03:01 pm 1561

काठमाडौँ, चैत १९ : आइतबार रातिकाे शक्तिशाली हुरीले प्रभावित बनेकाे बाराकाे भरवलियामा सामूहिक ‘मेस’ सञ्चालन गरेकाे छ । हुरीले बिचल्लीमा परेका बालबालिका भाेकै बनेपछि मंगलबार बिहान सामूहिक मेस सञ्चालन गरेकाे हाे ।

असिना र पानीसँगै आएको हावाहुरीले बारा, पर्सा र रौतहटमा आइतबार राति २७ जनाको मृत्यु भएकोछ।४ सयभन्दा बढी घाइते छन् । शक्तिशाली हुरीबाटघर,विद्युतका पोल तथा रुख लड्दाक्षति बढी भएकाे हाे। हुरीले घरबारविहीन बनेकाहरुलाई खान, बस्न समस्या भएकाे छ।

यसैगरी राष्ट्रिय मानव अधिकार आयाेगकाे टाेली पनि हुरी प्रभावित क्षेत्रमा पुगेकाे छ।म‌ंगलबार आयाेगकाे टाेलीले बाराकाे भुलही लगायतका क्षेत्रमा पुगेरप्रभावितहरुकाे अवस्था अध्ययन गरेकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.