- तुल मगर
हुम्ला, असार १८: जिल्लाको खार्पुनाथ गाउँपालिका ५ ताक्लामा रहेको बागेश्वरी आधारभूत विद्यालयमा दुई वटा सकेट बम फेला परेको छ ।
विद्यालयसँगै रहेको खेलमैदानको वालमा बम भेटिएको हो । उक्त बम दश वर्षे द्वन्द्वकालको समयमा विद्यालयको खेलमैदानको वालमा राखिएको हुन सक्ने वडाअध्यक्ष भिमराज शाहीले बताए।
बम भेटिएको स्थानमा नेपाल प्रहरीले कडा सुरक्षा दिइरहेको वडाअध्यक्ष शाहीले जानकारी दिए । साे बम डिस्पोजका लागि नेपाली सेना भोलि (बिहीबार) बिहानमात्रै पुग्ने जनाइएको छ।
बम फेला परेपिछ प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएर सुरक्षा दिइरहेका छन् । बम देखिने बित्तिकै नेपाली सेनालाई खबर गरेकाे थियाे तर, नेपाली सेनाले तत्काल आउन नसक्ने बताएपछि भोलि मात्रै डिस्पोज हुने वडाध्यक्ष शाहीले बताए ।
विद्यालयको खेलमैदान निर्माण गर्नेक्रममा उक्त बम भेटिएपछि प्रहरीलाई खबर गरेका थिए।