हिरासत कक्षबाट फरार रहेका थुनुवा पक्राउ

रिपोर्ट नेपाल | 2021 Sep 25 | 04:05 pm 1337

सिरहा, असाेज ९ः गत असार २६ गते बिहान हिरासत कक्षबाट फरार रहेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नवराजपुर गाउँपालिका वडा नं.१ बस्ने वर्ष ३४ को राम प्रकाश भन्ने पशुपति यादव रहेका छन् ।

उनी लागू औषध मुद्दाको अनुसन्धानको सिलसिलामा ईलाका प्रहरी कार्यालय लहानको हिरासत कक्षको प्यासेजको झ्यालको ग्रिल तोडी भागी फरार रहेको थिए ।

ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले आज बिहान ५ बजेको समयमा जिल्ला सिरहा सखुवानान्कारकट्टी गा.पा.वडा नं.१ मौवाहीको लच्कापुलबाट पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.