हिमानी ट्रस्टमार्फत मेयरले बुझे राहत

| 2020 Jun 07 | 09:48 pm 2086

काठमाडौ, जेठ २५ः हिमानी ट्रष्ट, काठमाडाैं मार्फत धनगढी उपमहानगर पालिका मेयरले काेभिड १९ का लागि स्वास्थ्य सामाग्री बुझेका छन् ।

हिमानी शाह अध्यक्ष रहेको ट्रष्टले धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडको अनुरोधमा समाजिक अभियन्ता हरि जोशीको पहलकदमिमा निस्पक्ष र गैरराजनीतिक तवरले सहयोग बितरण गर्न १ सय थान पिपीई, पच्चीस सय थान सर्जिकल मास्क, २ हजार ५ सय थान ग्लोब्स, १ लाखको सावुन, १ लाख पानी मेयर नृप वडले बुझेको नगरपालिकाले जनाएको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले स्वास्थ्य सामाग्री बुझ्दै जोशी र पूर्व राजा ज्ञानेन्द्र संरक्षक रहेको हिमानी ट्रस्टलाई अति प्रशंसनीय उच्च सहयोगको लागि नेपाली कांग्रेसको नगर सभापतिको हैसियतले पनि शुभकामना दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.