हिमानी काेषले गर्याे अत्यावश्यक सुरक्षा सामग्री सहयाेग

रिपोर्ट नेपाल | 2020 Apr 26 | 02:56 pm 1916

काठमाडाैं, बैशाख १४ः पूर्व युवराज्ञी हिमानी शाह अध्यक्ष रहेकाे हिमानी ट्रष्टले कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, प्रहरी, संचारकर्मी, कर्मचारी र जनप्रतिनिधिहरुलाई अत्यावश्यकीय सुरक्षा सामग्रीहरु पिपिई, मास्क, पञ्जा, स्यानीटाईजर लगायत वितरण गरेको छ । आइतबार उक्त कोषले काठमाडाैं मेडिकल कलेजलाई पनि आवश्यक सामग्रीहरु प्रदान गरेको जनाइएकाे छ ।

हिमानी कोषकी उपाध्यक्ष प्रेरणा राज्यलक्ष्मी देवी सिंहले उक्त सामग्रीहरु हस्तान्तरण गरेकी हुन् । साथै सोही कार्यक्रममा २० संचारमाध्ययमका संचारकर्मीलाई समेत आपतकालिन समयमा आवश्यक सामग्री प्रदान गरिएको छ ।

राहत वितरणका लागि आज कोषको कार्यालय बालुवाटारमा राखिएको कार्यक्रममा बोल्दै काठमाण्डौ मेडिकल कलेजकी प्रमुख प्राध्यापक डा चन्दा कार्कीले समाजसेवाका नाममा मेवा खाने समाजसेवीकाे भीडमा ट्रष्टले आफूलाई सच्चा समाजसेवीकाे रूपमा उभ्याएकाे बताएकी थिइन् ।

कार्यक्रममा बोल्दै हिमानी कोषकी कोषाध्यक्ष शिताष्मा राज्यलक्ष्मी देवी शाहले हिमानी कोषले देशका नागरिकलाई असजिलो परेका समयमा सधैँ तत्परताका साथ सहयोग गरेको र कोभिड १९ का कारण उत्पन्न महामारी विरुद्धपनि कोषले उत्तिकै सहयोग गरिरहेको र अझपनि भोक र रोगबाट ग्रसितहरुलाई आवश्यक खाद्यान्न र औषधि उपचारमा समेत सहयोग जारी राख्ने बताएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.