पहिरोमा परी दुई जना बेपत्ता

रिपोर्ट नेपाल | 2019 Jan 27 | 12:47 pm 1995

धादिङ, माघ १३ : भारी हिमपातका कारण पहिरोगई उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा शनिबार राति पहिरोले पुरिएर दुई जना हराइरहेका छन् । पहिरोले पुरिएर सोही गाउँका ५५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ हराएका छन् ।

जङ्गलमा बाख्रा चराउन गएको समयमा हिउँपरेपछि १ सय २० बाख्रासहित ओडारमा बसेको बेला पहिरोले पुरेर उनीहरु हराइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए ।

ओडारमा बसेको बेला पहिरो गएकाले उनीहरुको गाउँवासीले उद्धार गर्न र खोजी गर्न सकेका छैनन् । दुई दिनदेखि हिउँ परेको र हिउँ पग्लिएपछि पहिरो गएर पुरिएकाले उद्धारका लागि सरकारसँग माग गरिएको स्थानीय शिक्षक ठाकुरदत्त कोइरालाले टेलिफोन मार्फत जानकारी दिए ।

गाउँमा कुहिरो लागेकाले केही समय ढिला भएपनि हेलिकप्टरबाट उद्धारको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.