हिन्दु राष्ट्र कायम गर्न हिन्दु सम्राट सेनाद्वारा लहानमा सोभा यात्रा

रिपोर्ट नेपाल | 2022 Oct 13 | 11:25 am 2437

  • महेश सिंह

सिरहा, असोज २७ः चार्ड पर्वलाई लक्षित गरि हिन्दु सम्राट सेनाद्वारा लहानमा भब्य सोभा यात्रा निकालेका छन्। हिन्दु राष्ट्र कायम गर भन्ने मुल नाराका साथ दर्जनौं युवाहरूको एक समुहले सिरहाको लहानबाट निकालेको सोभा यात्रा लहान बजार परिक्रमा गरेको थियो। हिन्दु सम्राट सेनाका केन्द्रीय संयोजक राजेश कुमार यादवको नेतृत्वमा लहानमा र्याली निकालीएको हो।

No description available.

र्यालीमा सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सुनसरी लगायतका युवाहरुको कार्यक्रममा सभागिता रहेको आयोज कमिटीका प्रमुख राजेश कुमार यादवले जानकारी दिए । नेपालमा हुँदै गरेको हिन्दु धर्म प्रतिको हिंसा बन्द गर, हिन्दु राष्ट्र कायम गर भन्ने नारालाई जयमान गर्दै सोभा यात्रा निकालीएको थियो।

हिन्दु राष्ट्र कायम भएन भने निरन्तर हाम्रो र्याली देश भरी जारी रहने केन्द्रीय अध्यक्ष राजेश कुमार यादवले बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.