हावाहुरीमा परी घाइते भएकाको उपचारका लागि प्रदेश २ का मन्त्रीले दिए रगत

रिपोर्ट नेपाल | 2019 Apr 01 | 03:27 pm 1295

काठमाडाैँ, चैत १८ : बारा र पर्सामा आएकाे हावाहुरीमा परी घाईते भएकाहरुकाे उपचारमा रगतको अभाव हुने देखिएपछि ठाउँ-ठाउँमा खुल्ला रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ ।

आइतबार राती आएकाे हावाहुरीमा ३५ जनाकाे ज्यान गएको र पाँच सय भन्दा बढि भएकाे छ । उक्त घाइतेहरुकाे उपाचारमा रगतकाे अभाव हुने देखिएपछि ठाउँ-ठाउँमा खुल्ला रक्तदान कार्यक्रम सञ्चालन गरिएको हाे ।

घटनास्थलको वरिपरीदेखि लिएर देशकाे विभिन्न ठाँउमा  रक्तदान कार्यक्रम गरिएको छ । यसैबीच देश नं २ का मन्त्री जीतेन्द्र सोनल आफैंले पनि रक्तदान गरेका छन् ।

त्यस्तै चितवन र धनगढीमा पनि रक्तदान  कार्यक्रम आयोजना गरिएको छ । भरतपुरको चौविसकोठीमा आज ११ बजे खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

चितवनका सामाजिक अभियानकर्मी, विभिन्न सङ्घसंस्था क्लबलगायतले रक्तदान कार्यक्रमको आयोजना गरेको सहयोगी हात संस्थाका सञ्चालक तथा सामाजिक अभियानकर्मी सूर्य पौडेलले जानकारी दिए ।

हावाहुरीबाट घाइते भएकाहरुको उपचारमा रगतको अभाव भएपछि रोटरी क्लब धनगढीले रक्तदान कार्यक्रम आयोजना गरेको हो । रगत आजै हवाइ मार्गबाट काठमाडौ हुँदै बारा र पर्सा पठाइने रोटरी क्लबका अध्यक्ष पुष्कर ओझाले बताए ।

आँधी प्रभावित घाइतेहरुको उद्धारमा सुरक्षाकर्मी र स्थानीयहरु अहिले खटिइरहेका छन्। रातको समयमा आएको आँधी हुरीले बाराका अधिकांश घरका छाना उडाइदिएको छ । घरको छाना र कतिपय घरै भत्किएपछि अन्न लत्ता कपडाकाे अभावमा बृद्ध – बृद्धा बालबच्चाहरुको बिचल्ली भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.