काठमाडौँ २७ चैत / आजको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनबाट पछि नहट्ने बताएका छन् ।
लिङ्देनले मंगलबारको आन्दोलन गणतन्त्रप्रतिको बितिस्णाको संकेत हो भनेका अबको आन्दोलन यो भन्दा कडा गर्ने बताए ।
आन्दोलनकारीले निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले भद्रकाली नजिक रोकेपछि अध्यक्ष लिङ्देनले आन्दोलन नरोकिने बताएका छन् । साथै उनले प्रदर्शनकारीलाई अघि बढ्न दिन सुरक्षाकर्मीलाई बाटो छोड्न आग्रह गरेका थिए ।
उनले आफ्ना कार्यकर्तालाई सिंहदरबारतर्फ अघि बढ्न निर्देशन दिएसँगै राप्रपा कार्यकर्ताहरू अघि बढ्न खोज्दा प्रहरीले रोकेपछि प्रदर्शनकारीले गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए।