हात्तीको आक्रमणबाट बर्दियामा एकको मृत्यु

| 2022 Oct 22 | 12:27 pm 1533

बर्दिया, कात्तिक ५: बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५० वर्षीय सोलिराम थारू रहेको  जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए।

पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’मा निस्केको बेला थारू हात्तीको आक्रमणमा परेका थिए। पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दो रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.