हात्तीको आक्रमणबाट झापामा बृद्धको मृत्यु

| 2022 Aug 31 | 08:10 am 1429

झापा, भदाै १५: हात्तीको आक्रमणबाट झापाको बाह्रदशी गाउँपालिकामा एकजना वृद्धको मृत्यु भएको छ। बाह्रदशी–१ का ८० वर्षीय देवीबहादुर अधिकारीको मंगलबार मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार बिहान १० बजे अधिकारीलाई हात्तीले आक्रमण गरेको थियो। स्थानीय मनकामना सामुदायिक वनमा अधिकारीलाई हात्तीले आक्रमण गरेको झापाका प्रहरी प्रवक्ता डीएपी बसन्त पाठकले बताए।

हात्तीको आक्रमणबाट घाइते भएका अधिकारीलाई उपचारका लागि धरान लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.