हात्तीको आक्रमणबाट एकको मृत्यु

रिपोर्ट नेपाल | 2020 Aug 07 | 09:11 am 1958

झापा, साउन २३ः गएराति हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएका छ । मृत्यु हुनेमा कमल गाउँपालिका वडा नम्बर ५ मा बस्ने ५८ वर्षीय रोहित रेग्मी रहेका छन् ।

कमल गाउँपालिका ५ टुक्रे स्थित शसस्त्र प्रहरीको जग्गामा बसोबास गर्ने रेग्मीलाई करिब साढे २ बजे तिर हात्तीले आक्रमण गरेको थियो ।

आक्रमणबाट उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक भुवनबाबु खड्काले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.