हाइड्रोजन उत्पादन मिश्रित लगानीले मात्र सम्भव

रिपोर्ट नेपाल | 2022 Oct 12 | 07:33 am 1293

काठमाडौँ, असोज २६ः नेपालमा हाइड्रोजनको व्यावसायिक उत्पादन र बजारीकरण नाफामुखी दृष्टिले तत्काल उपयुक्त नहुने निष्कर्षसहित नेपाल हरित हाइड्रोजन सम्मेलन सम्पन्न भएको छ ।

राजधानीमा सोमबार र मङ्गलबार दुई दिन भएको सम्मेलनले पहिलो चरणमा सरकारले पहल गरेको रासायनिक मल कारखानाको नमुना परियोजना सम्भव बनाउने र निजी क्षेत्रलाई ब्लिन्डेड फाइनान्सको मोडेलमा क्रमिक रूपमा समावेश गर्दै लैजान उपयुक्त हुने निष्कर्ष निकालेको छ ।

सम्मेलन नेपालमा हाइड्रोजन उत्पादनको प्रविधि ल्याउने, लगानीको सम्भाव्यता खोज्ने र त्यसका लागि सरकारले कस्तो नीतिगत व्यवस्थापन गर्ने भन्ने मूल विषयमा केन्द्रित थियो । सम्मेलनका विभिन्न सत्रमा नीति निर्माता, विदेशी तथा स्वदेशी विज्ञ एवं लगानीकर्ताले नेपालमा हाइड्रोजन उत्पादनका लागि पूर्वतयारी,  खपत, बजारीकरणलगायतका विषयमा विभिन्न अध्ययनका आँकडा विश्व अभ्यासलगायतलाई विश्लेषण गर्दै नेपालमा यसको सान्दर्भिकता र सम्भाव्यतामा बहस गरेका थिए । सम्मेलनले नेपालले अबको १० वर्षपछि मात्रै हाइड्रोजन निर्यात गर्न सक्ने सम्भावना रहेको निष्कर्ष निकालेको छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.