हप्ता दिनपछि पाँच डिआइजीको काँधमा फुली थपिदै

रिपोर्ट नेपाल | 2022 May 23 | 12:48 pm 1853

काठमाडौं, जेठ ९ः गृहमन्त्रालयको बढुवा समितिले नेपाल प्रहरीका पाँच नायब महानिरीक्षकलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ ।

May be an image of 5 people and military uniform

सोमबार बिहान बसेको बढुवा समितिको बैठकले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा कार्यरत उत्तमराज सुवेदी, १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत अरुण कुमार बि.सी, गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत दिवेश लोहनी, प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालयमा कार्यरत मुकुन्दराज आचार्य र बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा कार्यरत पुजा सिंहलाई बढुवा गर्न सिफारिस गरिएको छ ।

पाँच अतिरिक्त महानिरीक्षकको बढुवा सँगै झण्डै डेढ दर्जन नायब महानिरीक्षकको दरबन्दी खाली हुने भएको छ । बरिष्ठ उपरीक्षकबाट नायब महानिरीक्षक बन्न दुई दर्जन भन्दा बढी बरिष्ठ उपरीक्षकहरु नेताको घरदैलोमा जान सुरु गरेका छन् ।

May be an image of text

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.