भक्तपुर, साउन २१ : हनुमन्ते खोलामा आएको बाढीले बगाउँदा एकजना किशोरको ज्यान गएको छ । आइतबार रातिबाट भएको भारी बर्षातका क्रममा आएको बाढीले बगाएर पहिचान खुल्न नसकेका अन्दाजी १६/१७ वर्षीय किशोरको ज्यान गएको हो ।
उनको शवलाई भक्तपुरको सल्लाघारीस्थित युवामुरा अस्पताल नजिकैबाट निकालिएको महानगरीय प्रहरी परिसर भक्तपुर प्रहरीले जनाएको छ । बाढीका कारण मध्यपुरथिमि नगरपालिका–९ राधे राधे क्षेत्रको सिंगो बस्ती र भक्तपुर नगरपालिका–१ सल्लाघारी क्षेत्रको नयाँ बस्ती डुबानमा परेको छ ।