हत्यारा काे हाे भन्ने प्रमाण नभएका कारण, मदन भण्डारीको हत्या नियोजित होः प्रचण्ड

रिपोर्ट नेपाल | 2019 Jun 29 | 07:40 pm 2821

काठमाडाैं, असार १४: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन भण्डारी र जीवराज आश्रितको नियोजित हत्या भए पनि कसले हत्या गर्‍यो भन्ने प्रमाण अहिलेसम्म पत्ता लगाउन नसकिएको बताएका छन्।

मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा आयाेजना गरेको विचार गोष्ठीलाई सम्बाेधन गर्ने क्रममा प्रचण्डले भने,  हामी सरकारमा छौं, तर हत्यारा फलानो हो भनि किटान गरेर भन्ने प्रमाण प्रस्तुत गर्न सकेका छैनाैं । घटनाका चालकलाई जोगाउन सकिएको भए पनि केही प्रमाण त खुल्थ्यो कि ! त्यसैले मदन भण्डारीको नियोजित हत्या हो। दुर्घटना होइन भन्ने जनतालाई लागेको बताए ।

डरलाग्दाे खाका अनुसार उनकाे हत्या गरेकाे हाे । हत्यारा विदेशी शक्ति हो कि जस्तो लाग्छ। स्वदेशी तत्व हो कि जस्तो लाग्छ तर प्रमाण छैन। भण्डारीको मृत्युलाई जनताले स्वभाविक रूपमा नलिएको उनले बताए।

भण्डारीको हत्यारा पत्ता लगाएर जनताको बीचमा ल्याउन सक्ने हो भने त्यस्ता घटनाबाट बच्न सकिने उनले बताए। ‘मदन भण्डारीको ४२ वर्षमा हत्या भयो हामी त ६५ वर्षमा हिँडिराखेका छौं, दाहालले भने, हाम्रो हत्या त भएको छैन नि ! कहिलेकाहीँ लाग्छ हामी छाला जोगाउतिर पो लागिराखेका छौं कि ?

उनले भण्डारीको सच्चा उत्तराधिकारीको रूपमा प्रधानमन्त्री केपी शर्मा ओली र आफू भएको बताए। उनले नेकपा फुट्ला र हाम्रो पालो आउँछ भनेर कांग्रेसले नसोच्न पनि आग्रह गरे।

उनले मदन भण्डारीले सोच्ने शैलीलाई आफूहरूले अनुशरण गर्नुपर्ने र दुई पार्टी मिलेर नेकपा बनेको भन्दै नेकपाको सफलता नै देशको सफलता हुने उनले बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.