- महेश सिंह
सिरहा, मंसिर २८: सिरहा र धनुषा जिल्लाको बिचमा पर्ने कमला खोलामा एक जनाको हत्या गरेर फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
गत कार्तिक २० गते साँझ करीब ६ बजेको समयमा वर्ष ४० को राज कुमार यादवको हत्या गरी फरार अभियुक्तलाई एक महिना पछि प्रहरीको पक्राउ गरेको हो ।
सिरहा नगरपालिका १२ सारस्वर गम्हरीया स्थित कमला खोलाको बाँधमा यादवलाई खुकुरी प्रहार गरी हत्या गरेर फरार भएका प्रतिवादीलाई मंसिर २६ गते जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएका प्रहरी टोलिले खोज तलास गर्ने क्रममा नन्दु भने राम प्रसाद महरालाई पक्राउ गरेको छ ।
पक्राउ परेको महरालाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख तथा एसपी उमा प्रसाद चर्तुवेदीले जानकारी दिए।