हतियारसहित भेटिए गोली हान्‍न सरकारको निर्देशन

| 2019 Mar 14 | 08:26 am 2676

काठमाडौँ, फागुन ३० : गत मंगलबार मन्त्रीपरिषदको बैठकबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिवन्ध लगाइएपछि सम्भाव्य घटनालाई मध्यनजर गर्दै सुरक्षा निकायले सुरक्षा सतर्कतालाई सक्रिय बनाएका छन् ।

प्रतिबन्ध लगाएसँगै प्रदेशभर सुरक्षा सतर्कता बढाइएको छ भने सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्‍न समेत सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार हातहतियार फेला परेर बोकेको देख्नासाथ फायर खोल्नका लागि सुरक्षा निकायलाई निर्देशन पनि गृहमन्त्रालयले दिएको छ ।

चन्द नेतृत्वको कार्यकर्ता पहिचान हुनासाथ पक्राउ गर्न र उच्च निगरानी राख्नसमेत सरकारले सुरक्षा निकायलाई प्रष्ट निर्देशन दिएको छ । सुरक्षाकर्मीलाई आफ्नो ज्यान हतियार र कार्यालय युनिटको सुरक्षाका लागि रणनीतिक सहित सतर्क रहन समेत निर्देशन दिइएको छ ।

हरेक युनिटका इन्चार्जले आफ्नो एरियाको गतिविधिलाई सुक्ष्म ढंगले अनुसन्धान गर्दै विगतमा भन्दा गस्ती बढाउनसमेत निर्देशन दिइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.