हतियारसहित किन छिरे भारतीय प्रहरी हेटाैंडा ?

| 2019 May 26 | 09:09 am 2286

मकवानपुर,  जेठ १२:  शनिबार हतियारसहित प्रदेश नम्बर ३ काे राजधानी हेटौँडामा भेटिएका भारतीय प्रहरीका विषयमाअनेक टिकाटिप्पणी हुन थालेकाे छ । त्यसरी आएकाे टोलीले पशुपतिनाथकाे दर्शन गर्न आएकाे भनेपछि मकवानपुर प्रहरीले उनीहरुलाई  साधारण साेधपुछ पछि भारत नै फिर्ता पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडाको पशुपति मन्दिर दर्शन गर्ने नाममा आधा दर्जनको सङ्ख्यामा भारतीय प्रहरी हेटौँडा आएका थिए । उनीहरुलाई हेटौँडाकाे एक गेष्टहाउसबाट स्थानीयकाे सूचनापछि मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुको साथमा हातहतियार देखेपछि स्थानीयवासीले अत्तालिँदै प्रहरीलाई खबर गरेका थिए ।  स्थानीयकाे सूचनाकाे आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भारतीय प्रहरी पशुपति मन्दिरको दर्शन गर्न आएको र उनीहरुलाई भारत फर्काइएको बताए । प्रहरी प्रमुख सिंहले भने,  गुगल म्यापमा पशुपति मन्दिर सर्च गर्दा विहारबाट ५२ किलोमिटरको दूरी देखाएपछि उनीहरु हेटौँडा आएको र हेटौँडास्थित पशुपति मन्दिर दर्शनपछि उनीहरुलाई सामान्य सोधपुछ गरी फिर्ता पठाइयो । प्रहरीले हातहतियारसहित आएका भारतीय प्रहरीलाई पशुपती दर्शर्नकाे नाममा फिर्ता पठाए पनि भारतकाे निर्वाचन समाप्त लगत्तै अाएकाले अनेक शंकाले हेरिएकाे छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.