हतियारसहित एकजना पक्राउ

रिपोर्ट नेपाल | 2022 Jun 13 | 09:26 pm 1601

काठमाडौं, जेठ ३०ः बाँके राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्रीअर्जुनबाण गण र निकुञ्‍ज प्रशासन कार्यालय बाँकेका कर्मचारीसहित खटिएको संयुक्त पट्रोल टोलीले जनेठ २७ गते एक नाल भरुवा बन्दुकसहित बलबहादुर पल्ली मगरलाई पक्राउ गरेको छ ।

शंस्कास्पद रुपमा हिंडिरहेको अवस्थामा बाँके जिल्ला कोहलपुर नगरपालिका वडानं १३ सिम्री बस्ने बर्ष ५४ का मगरलाई सोधपुछ गर्ने क्रममा निजले निकुञ्‍जस्थित बैनी मध्यवर्ती क्षेत्रमा रुखको टोड्कामा लुकाई राखेको अवस्थामा भरुवा बन्दुक फेला परेको थियो । निजबाट बरामत गरिएको हतियार आवश्यक कारवाहीको लागि बाँके राष्ट्रिय निकुञ्‍ज कार्यालयमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.