हतियार प्रहारगरी भोजपुरमा एक महिलाको हत्या एक गम्भीर घाइते

| 2019 Oct 20 | 09:09 am 1377

भोजपुर, कात्तिक ३: जिल्लाको षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ भने अर्का एकलाई गम्भीर घाइते बनाएका छन् ।

हत्या हुनेमा षडानन्द नगरपालिका वडा नम्बर ३ की २८ वर्षीया कल्पना राई रहेकी छन् । उनी नेपालेडाँडामा भएको भलिबल प्रतियोगिता हेरेर घर फर्किँदै गर्दा विभत्स हत्या भएको प्रहरीले जानकारी दिए ।

हतियार प्रहारबाट कल्पनासँगै रहेकी १८ वर्षीया नवीना राईसमेत गम्भीर घाइते भएका छन् ।

उनीहरुमाथि शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नम्बर २ र ३ को सीमानामा पर्ने ओपंखा भन्ने ठाँउमा धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय भोजपुर जनाए ।

हतियार प्रहारबाट कल्पनाको घटनास्थलमा नै ज्यान गएको र गम्भीर घाइते नवीनाको चिउँडोमा चोट लागेको जनाइएको छ ।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले षडानन्द नगरपालिका–३ का २१ वर्षीय प्रदीप बस्नेतलाई प्रक्राउ गरेको छ । बस्नेतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख नरबहादुर सलामी मगरले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.