बाँके, चैत ८ः बाँके राष्ट्रिय निकुञ्जमा राखिएको Spy क्यामरामा हतियार सहित केही व्यक्तिहरुको हर्कत गरेको देखिएको हुँदा अपरेशन महाहण्ट मा खटिएको फौज र निकुञ्ज कार्यालयका कर्मचारी सहितको संयुक्त टोलीले बाँके जिल्ला, राप्ती सोनारी गाँउपालिका वडा नं.९ स्थित कोर ईलाका खैरी गोठ क्षेत्रमा खोजतलास गर्दा भरुवा बन्दुक २ नाल, बारुद ४०० ग्राम, केप १४ थान, शिकार गरिएको मासु लगायत शिकारमा प्रयोग हुने अन्य बन्दोवस्तीका सामानहरु बरामद गरी निकुञ्ज कार्यालयमा बुझाएको छ ।
उक्त घटनामा संलग्न भई फरार भएका व्यक्तिहरुको खोजी भईरहेको छ । अपरेशन महाहण्ट-७ अन्तर्गत भइरहेका सफल कारवाहीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जिवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आउने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।