हजारको नोटमा भएकाे हात्ती कस्काे ?

| 2019 Sep 19 | 08:07 am 4766

काठमाडौं, असाेज २: हजारको नोट अर्थात् सजिलो भाषामा– ‘हात्ती’ तर, यसको त्यही हात्तीमाथि प्रश्न उठेको छ– के यो नेपाली नै हो त ? ‘हो’ भनेर प्रमाण दिने कोही निस्किएको छैन। बरु ‘होइन’ भनेर आधार देखाउने धेरै छन्।

विवाद बढेपछि नेपाल राष्ट्र बैंकले सुरक्षित उपाय निकालेको छ– हात्ती नै फेरिदिने। अब नेपालमै जन्मिएका जुम्ल्याहा हात्ती राम–लक्ष्मणको पोट्रेट तस्बिरछापिएका हजारका नोट अर्को दशैंसम्म आइसक्नेछन्। त्यसको प्रक्रिया अघि बढाइसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ। ती हात्ती चितवन राष्ट्रिय निकुञ्जको खोरसोर हात्तिसारमा ८ वर्षअघि जन्मिएका हुन्।

अहिले नोटमा छापिएको हात्तीलाई भने केही व्यक्तिले अफ्रिकी भनेका छन्। हात्तीकै विषयमा विद्यावारिधी गरेका नरेन्द्र प्रधान भने यसलाई एसियाली नै ठान्छन्।

एसियामा तीन किसिमका हात्ती पाइन्छन्। म्याक्सिमस, इण्डिसस र सुमात्रानस। तीनै उपप्रजाती हेर्दा उस्तै देखिन्छन्। नेपालदेखि श्रीलंकासम्म म्याक्सिमस पाइन्छन्। नोटमा छापिएका हात्तीको दाह्रा र कानले इण्डोनेशिया वरपरको सुमात्रा टापुमा पाइने हात्तीजस्तो देखिएको विज्ञहरु बताउँछन्। यद्यपि, पोट्रेट भएकाले यसको पुष्टि गर्न कठीन हुने डा. प्रधानको आँकलन छ। अन्नपूर्ण पाेष्ट दैनिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.