स्वास्थ्य र शिक्षा व्यापारी करण गर्ने कम्युनिष्ट समाजवादी हुन सक्दैनः रबिन्द्र मिश्र

रिपोर्ट नेपाल | 2018 Oct 08 | 12:51 pm 2396

बुटवल, असोज २२ : विवेकशील साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले सरकारले समाजबादको नारा देखाएर खोक्रो कुरा गरेको बताएका छन्। सरकारको आलोचना गर्दै उनले यो अबस्थामा जनताले सबैभन्दा दुख र पीडा अनुभूति गरेको बताए ।

अहिलेको सरकारको कुरा गर्ने क्षमता छ,कल्पना बांड्ने क्षमता छ ,यो देशलाइ बिकास र समृद्धिको दिशामा अघि बढाउने क्षमता शुन्य छ । ’
पुराना दलहरुको नेतृत्व सबै हिसाबले बिफल भएको तर्क गरे ।

जब समाजबादको कुनै नीति नै छैन काठमाडौंको महलमा बसेर डेढ करोडको गाडि चढेर समाजबाद आउछ ? बुटवलमा सोमबार रिपोर्टर्स क्लव प्रदेश ५ ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मिश्रले सरकारले समाजबादी बाटो नै अबलम्बन गर्न नसक्ने र नगर्ने दाबि गरे ।

शिक्षा र स्वास्थ्यमा लगानी गर्नेहरु कम्युनिष्ट र समाजबादी हुनै सक्दैनन् भन्दै उनले समाजबादी भन्ने शब्दलाइ यति खुकुलो र पुरानो बनाइएकोमा दुख व्यक्त गरे । उनले समाजबादको कुनै चरित्र र आचरण नै नभएकाहरुले सर्बहाराहरुको समबेदनालाइ अनुभुत गर्न नसक्नेले पनि समाजबादी भनेको स्मरण गरे ।

समाजबादी चरित्र के छ उहाहरुको ? नेताहरुलाइ मात्रै समृद्ध बनाउनेलाइ नै समाजबाद भनिएको हो ? उनले कांग्रेस र कम्युनिष्टलाइ प्रश्न गरे ।
शिक्षा र स्वास्थ्यलाइ मूल रुपमा राज्यको दायित्व नमान्नेहरु समाजबादी पनि हुन सक्दैनन भन्ने आफ्नो मान्यता रहेको मिश्रले उल्लेख गरेका थिए ।
शिक्षा र स्वास्थ्यमा मूलत रुपमा राज्यको दायित्वलाइ स्विकार गर्दछन् ,अब ४०—५० जनालाइ खुसि पार्न शिक्षा र स्वास्थ्यमा लगानी गरेकाहरुलाइ खुसी पार्नलाइ ३ करोड नेपालीको शिक्षा र स्वास्थ्यमा खेलवाड गर्नेलाइ कम्युनिष्ट भन्ने,समाजबादी भन्ने अब हामी भ्रममा नपरौं ।

देशब्यापी अभियान चलिरहेको भन्दै उनले ३ महिने अभियानले पार्टीको संगठन बलियो बन्ने दाबि गरे । अहिले पार्टीको संगठन निर्माणमा एग्रसिब ढंगले अघि बढीरहेको उनको धारणा छ । पार्टीलाइ बैकल्पिक शक्तिका रुपमा अगाडि बढाउने मिश्रको भनाई रहेको थियो ।

संगठन विभाग प्रमुख मुमाराम खनालले अव आफूहरु देशको बलियो शक्तिको रुपमा उदाउने दावि गरे । कार्यक्रममा पार्टीका प्रदेश ५ संयोजक अनुपमान सैंजुले पार्टीले गरिरहेको गतिविधिका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रम रिपोर्टर्स क्लव प्रदेश ५ का प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.