स्वास्थ्य जनचेतना तथा ब्यवसायिक बिक्रेता बितरक प्रशिक्षण

रिपोर्ट नेपाल | 2021 Feb 07 | 09:22 am 2161

  • महेश सिंह

सिरहा, माघ २५ः सिरहाको लहानमा आईबोस ग्लोबल लाईफ इनटरनेशनल प्रालीले आयोजना गरेको जिबन उपयोगी र जिबन सैलीको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नम्बर २ का हजारौं बितरक र बिक्रेताहरुले स्वास्थ्य जनचेतना तथा ब्यवसायिक बिक्रेता बितरक प्रशिक्षण लिएका छन्।

No description available.

उक्त कार्यक्रम प्रदेश नम्बर २ को प्रदेश प्रमुख रोहित चन्द्र ठाकुरको अध्यक्षता भएको थियो भने आईबोस प्रशिक्षण बिभाग प्रमुख रबिन कटुवाल प्रमुख अतिथि रहेका थिए ।

मानव जिबनमा आई पर्ने विभिन्न रोगहरुबाट जोगिन समस्याको चुनौती दिदै हजारौं महिला पुरुषहरुको सचेत गर्दै स्वास्थ्य र समृद्ध चर्चा गर्दै सहज जिबन जिउँन सिकाउने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

No description available.

कार्यक्रमको अतिथिहरुमा आईबोस ग्लोबल प्रालिका प्रदेश नम्बर ३ बागमति प्रदेश प्रमुख सन्तोष अधिकारी, सफल बिक्रेता रामचन्द्र गौतम प्रदेश नम्बर २ का वितरक तथा बिक्रेताहरुको स्वास्थ्य सम्बन्धि जनचेतना तथा उत्प्रेरणा मुलक कार्यक्रम भएको थियो।

नेपालमा बेरोजगारी समस्या उन्मुलन गर्ने उद्देश्यले उक्त कम्पनीको स्थापना भएको लहानको बिक्रेता महेश कुमार महतोले जानकारी दिए ।

कार्यक्रममा नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह र बिरेन्द्र बिरु यादव लगायतका दर्जनौं ब्यक्तिहरुलाई सम्मान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.