स्वास्थ्य इकाईमै एक सुत्केरीकाे मृत्यु

रिपोर्ट नेपाल | 2019 Sep 16 | 09:11 am 2093

बैतडी, भदाै ३०: जिल्लाकाे शिवनाथ गाउँपालिकामा एक सुत्केरीको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नम्बर १ गाउँसल्लाकी २१ वर्षीया गौमती चाँड रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।

उनकाे स्थानीय सामुदायिक स्वास्थ्य इकाई तेर्छाबाटामा सुत्केरी हुनबित्तिकै गौमतीको आइतबार अपराह्न मृत्यु भएको थियाे। मृतक महिलाका श्रीमान रोजगारीका लागि भारतमा रहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.