संगिता स्मृति प्रतिष्ठानद्वारा जाडो प्रभावितहरुलाई कम्बल वितरण

रिपोर्ट नेपाल | 2022 Jan 11 | 02:43 pm 1981

  • महेश सिंह

सिरहा, पुस २७ः स्वर्गीय संगिता स्मृति प्रतिष्ठानद्वारा जाडो प्रभावितहरुलाई कम्बल वितरण गर्ने कार्य निरन्तर जारी रहेको छ। समाजसेवी महेश चौधरीले श्रीमती गुमाएको हप्ता दिन भित्रै स्वर्गीय संगिता स्मृति प्रतिष्ठान नाम गरेको संस्था दर्ता गराई श्रीमतीको सम्झनामा प्रत्येक महिनाको २२ गतेका दिन उनले मासिक कार्यक्रमको घोषणा गर्दै निरन्तर समाजसेवा गरिरहेका छन्।

No description available.

कम्बल वितरण कै क्रममा लहान नगरपालिका वडा १६ को बिकट बस्ती भसुवामा जेष्ठ नागरिक, अपांग, एकल महिला तथा असहायहरुलाई कम्बल वितरण गरेका छन्। ४० जना वृद्धहरुले कम्बल पाउदै वितरण गर्ने संस्था स्वर्गीय संगीता स्मृति प्रतिष्ठानका अध्यक्ष महेश चौधरीलाई धन्यवाद दिएका थिए। समाजसेवी महेश चौधरी जस्तो मनकारीलाई लहानको मेयर बनाउनु पर्ने स्थानीयहरुले बताएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.