स्वर्गद्वारी दर्शन गरेर फर्केको जिप दुर्घटना : एक जनाको मृत्यु, १५ घाइते

| 2022 Jul 30 | 03:51 pm 1233

प्यूठान, साउन १४ः प्यूठानको स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेको जिप स्वर्गद्वारी नगरपालिका ४ स्थित भ्यागुते भन्ने स्थानमा दुर्घटना भएको छ । शनिबार लु ३ च ३५३ नम्बरको बोलेरो जिप दुर्घटनामा हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मायादेवी गाउँपालिका ३ कि ३२ वर्षीय गुडिया ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी १५ जना घाइते भएका छन् ।

घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालक सकुसल छन् । घाइतेहरुलाई थप उपचारका लागि बुटवल ल्याउने तयारी भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.