स्वर्गद्वारी दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्रीको गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2023 Jun 13 | 08:53 am 1433

प्युठान,जेठ ३० । स्वर्गद्वारीमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

स्वर्गद्वारी दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्रा बोकेको कार दुर्घटना भएको थियो । लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिकाको भिगृ नजिकै टाकुरामा दुर्घटना हुँदा कारमा सवार ८ जनाकै मृत्यु भएको जिल्ला अस्पताल प्युठानले जनाएको छ । अस्पताल ल्याइपुर्‍याउँदा सबैको ज्यान गइसकेको अस्पतालले जनाएको छ । उनीहरूको सनाखत हुन भने बाँकी छ ।(राजधानीबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.