स्वदेश फर्कीए भारतीय प्रधानमन्त्री मोदी 

रिपोर्ट नेपाल | 2018 Sep 01 | 07:06 am 6047

काठमाडौँ, भदौ  १६ : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन् आएका भारतीय प्रधानमन्त्री स्वदेश फर्किएका छन् । बिहीबार काठमाडौ आएका भारतीय प्रधानमन्त्री मोदी शुक्रबार साँझ स्वदेश फर्किएका हुन् ।

बिहीबार बिमस्टेक सम्मेलनमा सम्बोधन गरेका मोदीले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता, रक्सौल–काठमाडौं रेलमार्ग अध्ययन सम्झौता–पत्रमा हस्ताक्षर, पशुपति क्षेत्रमा भारत सरकारले निर्माण गरेको नेपाल भारत मैत्री धर्मशालाको उद्घाटन र पशुपतिनाथको दर्शन गरेर स्वदेश फिर्ता भएका हुन्।

मोदीलाई बिदाइ गर्न उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव त्रिभुवन अन्तराष्ट्रिय विमास्थल पुगेका थिए । बिहीबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मोदीलाई स्वागत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.