स्रोत नखुलेको रकमसहित १ जना पक्राउ

रिपोर्ट नेपाल | 2023 Jan 12 | 01:35 pm 917

मोरङ, पुस २८ः मोरङमा स्रोत नखुलेको सात लाखभन्दा बढी रकम, १४ थान एटिएम र नौ थान चेकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (बुधबार) दिउँसो उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो ।

जिल्लाको विराटनगर महानगरपालिका–७ स्थित माछापुच्छ्रे बैंक अगाडिबाट स्रोत नखुलेको नगद ७ लाख ९ हजार रुपैयाँ, विभिन्न बैंकको एटिएम कार्ड १४ थान, विभिन्न बैंकको चेक ९ थान र को.२४ प ७९८४ नम्बरको मोटरसाइकलसहित सोही महानगरपालिका–१८ बस्ने ३६ वर्षीय रवि प्रकाश साहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यतालय मोरङबाट खटिएको प्रहरीले रविलाई उक्त नगद र विभिन्न बैंकका चेक तथा एटिएम कार्डसहित फेला पारी पक्राउ गरेको हो । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कैलालीमा पेस्तोलसहित दुई जना पक्राउ

कैलालीमा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (बुधबार) दिउँसो उनलाई प्रहरीलपे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुर बस्ने ३५ वर्षीय नरेन्द्र खडायत र ३६ वर्षीय महेन्द्र देउवा रहेको प्रहरीले जनाएको छ ।

मेड ईन युएसए लेखेको खाली म्याग्जिनसहितको पेस्तोल १ थानसहित खडायत र देउवालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीसमेतबाट खटिएको संयुक्त प्रहरी टोलीले महेन्द्र देउवाको घरबाट उक्त हतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.